दार्जीलिङ: हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्सले आफ्नो वचन पूरा गर्दै हिन्दु डाडाँदेखि मजूवासम्म पुग्ने बाटोको खन्न कार्य शुरू गरिएको छ। गत केही महिना अघिलहाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले हिन्दु डाडाँदेखि मजुवासम्म जाने बाटोको निर्माण गरी दिने स्थानीय बासिन्दाहरूलाई वचन दिएका थिए। आफ्नो वचन पूरा गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जेसीपी दिएर बाटोको खन्न कार्य शुरू भएको छ। गत केही महिना अघि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत परमागढी हिन्दु डाँडाको बासिन्दाहरूलाई हिन्दु डाडाँदेखि मझुवा जाने बाटोको निर्माण गरी दिने वचन दिएका थिए। स्थानीय बासिन्दाहरू बाटोको अभावमा धेरै प्रकारको समस्याहरू झेल्दै आईरहेका छन्। यो विषयलाई ध्यानमा राख्दै हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले बाटोको निर्माण गरी दिने वचन दिएका थिए। आजदेखि बाटोको खनन कार्य आरम्भ भएको छ। यस अवधि हाम्रो पार्टीको समष्टि अध्यक्ष दिनेश राई विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै हिन्दु डाँड़ाको स्वनिर्भर समूहको पक्षबाट मनकुमारी राई, सचिव सरिता राई, आशिका राई लगायत गाउँलेहरूको बाक्लो उपस्थिति रहेको थियो। खनन कार्यको शुभारम्भमा विधिवत पूजा अर्चना गरियो। त्यस पछि जेसीपी चालकहरूलाई खदार्पण गरिएको छ। हाम्रो पार्टीको समष्टि अध्यक्ष दिनेश राईले हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स एक राजनीतिक पार्टीको नेता हुनको साथ साथै उनी एक समाजसेवी रहेको बताए। पहाड समस्याको थुप्रो भएको देखेर अजय एडवाडर्सले पहाडको समस्यालाई स्थायी समाधान गर्न हाम्रो पार्टीको गठन गरेको हो भन्ने तिनले बताए। अर्कोतिर बाटोे निर्माण कार्यको निम्ति हिन्दु डाडाँ निछामा स्वनिर्भर समूहले आफ्नो पक्षमा 30 हजार रूपियाँ प्रदान गरेका छन् भने गत केही सप्ताह अघि सम्पन्न भएको लोकसभा चुनावमा हाम्रो पार्टीले पार्टी कार्यकर्ताहरूलाई प्रदान गरेको बुथ खर्च 4 हजार रूपियाँ पनि बाटोको निर्माण कार्यमा प्रदान गरेको छ जनाइएको छ। यसभन्दा अघि एक सरकारी योजनाद्वारा यस क्षेत्रमा बाटोको निर्माण कार्य गरेको थियो। तर बाटोको निर्माण कार्य आधा बाटोसम्म भएकोले स्थानीय मानिसहरूले हुनसम्मको समस्या भोग्न परी रहेको स्थानीयहरूले बताएका छन्। हिन्दु डाँडादेखि मजुवासम्म जाने बाटोको निर्माण कार्यलाई स्थानीय गाउँलेहरूले जमीन दान पनि गरेको जानकारी हाम्रो पार्टीको पक्षबाट प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।