बाँसबारीमा बस दुर्घटना, १७ जना घाइते

IMG_20240507_185933

झापा (नेपाल): सिराहाबाट  मोरंग जिल्लाको विराटनगर तर्फ आउँदै गरेको यात्रु बस दुर्घटनामा परेको छ। मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ बाँसबारीमा बस दुर्घटनामा हुँदा १७ जना घाइते भएका हुन्।  को १८ प ५०९ नम्बरको मोटरसाइकलले अचानक बाटो काट्न थालेपछि बस दुर्घटना भएको पुलिसले जनाएको छ। मोटरसाइकलले बाटो काट्ने क्रममा सिराहाबाट विराटनगर तर्फ आउँदै गरेको बा४ ख ७४५० यात्रु बस पल्टिएको इलाका पुलिस कार्यालयका ट्राफिक पुलिस सब इन्स्पेक्टर  तुलामणि आचार्यले जानकारी दिए। दुर्घटनामा १७ जना घाइते भएको उनको भनाइ छ। घाइते मध्ये   मोटरसाइकल चालक सुनसरी देवानगंज बस्ने तलाउद्दिन खानको अवस्था गम्भीर रहेको भए पनि अन्य बसमा सवार यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेहरू कसैको हात, कसैको खुट्टा र केहीको टाउकोमा सामान्य चोट रहेको पुलिसले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement