ड्रग्ससहित एक युवक पुलिस हिरासतमा

arrested-man-handcuffs-hands-arrested-man-handcuffs-hands-front-112580678.jpg

गान्तोक: राज्यलाई ड्रग्समुक्त बनाउन सिक्किम पुलिसले गत केही महिनादेखि एक अभियानकोरूपमा लिएको छ। यसै क्रममा मल्ली पुलिसले ड्रग्स सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी दक्षिण जिल्लास्थित तिनिक चिसोपानी निवासी योगेश सुन्दासकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीबाट पुलिसले २८ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल फेला पारेको छ। आरोपी सुन्दास एसके-०४-०३२९ वाहनमा यात्रा गरिरहेका थिए। पुलिसले शंकाको आधारमा चेक पोस्टमा जाँच गर्दा उपरोक्त ड्रग्स फेला पारेको छ। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement