७ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स डे शील्ड फूटबल टुर्नामेण्टमा आइतवार दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-ले रोमाञ्चक जीत हासिल गऱ्यो। मेला ग्राउण्डमा आज भएको म्याचमा डीेसए-ले कालेबुङ पुलिसलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।