७ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १०५औं संस्करणमा आइतवार खेलिएको पहिलो म्याचमा सेण्ट जोसेफ्स कलेजले सजिलै जीत हासिल गऱ्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको पहिलो म्याचमा सेण्ट जोसेफ्स कलेजले हर्सिंग फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट विवेक बस्नेत, सन्ता गुरुङ र विश्वा छेत्रीले गोल गरे।