आगोले जलेका एकै घरका ५ मध्ये २ बालिकाको मृत्यु

IMG-20240507-WA0004

 झापा: ललितपुर महानगरापालिका-१७ स्थित एक टहरोमा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ मध्ये दुई बालिकाको मृत्यु भएको छ। आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको मृत्यु भएको जिल्ला पुलिस परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए। सोमबार ललितपुरको ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ जना घाइते भएका थिए। घरमुली ३५ वर्षका सञ्जय गिरीको भेन्टिलेलरमा राखेर र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको आइसियुमा राखेर उपचार भइरहेको छ। एक जना १५ वर्षका नित गिरीको अवस्था भने सामान्य रहेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement