७ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा शनिवार भएको म्याचमा आक्रमण स्पोर्टिंग क्लब (गान्तोक)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको म्याचमा आक्रमण स्पोर्टिंग क्लबले माझीटार स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा 3 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









