झापा  पुलिसद्वारा एक वर्षको अवधिमा ३५३ जना फरार अभियुक्त पक्राउ

IMG-20240507-WA0003

झापा: जिल्ला  पुलिस कार्यालय झापाले आर्थिक वर्ष २०८०-०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। अदालतको विभिन्न मितिमा भएको फैसला बमोजिम फरार रहेका उनीहरुलाई पक्राउ गरिएको पुलिसको भनाइ छ। पक्राउ परेकाबाट ४ करोड ४० लाख ९२ हजार २७८ रुपियाँ जरिवाना कायम भएको पुलिसले जनाएको छ। उनीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराएका कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। पक्राउ परेका अभियुक्तहरुले हिसाबमा १ सय ४१ वर्ष ६ महिना २ दिन कैद भुक्तान गर्नुपर्ने झापाका पुलिस प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए। उनीहरुमध्ये गत फागुन पहिलो सातादेखि हाल सम्म ६६ वर्ष ०४ महिना ०३ दिन कैद, ४२ लाख ४६ हजार १९७ बिगो जरिवाना कायम भएका १८८ जना फरार अभियुक्तहरु समेत पक्राउ परेको प्रवक्ता चन्दले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement