कोलकाता: गत ३ मईमा कोलकाता प्रेस क्लबमा इण्डियन इन्स्टिच्युट अफ साइन्स एजुकेशन एण्ड रिसर्च, कोलकाताको तर्फबाट आईआईएसईआर कोलकातामा गरिएको अनुसन्धानबाट तीन प्रमुख वैज्ञानिक विकासहरू घोषणा गरेको छ। रसायन विज्ञान विभागका प्रोफेसर स्वाधीन मण्डल र उनको टोलीले वायुमण्डलीय कार्बन डाइअक्साइड प्रयोग गरी औद्योगिक रूपमा उपयोगी रसायनहरू बनाउने नयाँ तरिकाको विकास गरेको बताएका छन्l जसले कार्बन तटस्थता हासिल गर्न मार्ग प्रशस्त गर्नसक्छ, र जुन भारतले २०७० सम्म हासिल गर्ने लक्ष्य राखेको छ। भूविज्ञान विभागका प्राध्यापक गोपाल कृष्ण दर्भाको समूहले नरिवलको रुखमा माटोमा पाइने आर्सेनिकलगायत हानिकारक पदार्थलाई फलफूलसम्म पुग्नबाट रोक्ने क्षमता रहेको र तिर्खा मेटाउन चिनीयुक्त पेय पदार्थको राम्रो विकल्प भएको देखाएको छ। उनले बताएअनुसार गर्मीमा नरिवल पानी एक राम्रो विकल्प हुन्छ। प्रोफेसर राहुल दासले केही प्रकारका क्यान्सरलाई कसरी सक्रिय गर्न सकिन्छ भनेर पत्ता लगाएको बताएका छन्l त्यस्ता रोगहरूको उपचारका लागि नयाँ तरिकाहरू सुझाव दिएका छन्। यी तीन खोजहरूको विवरण अलग अलग पृष्ठहरूमा दिइएको छ। इण्डियन इन्स्टिच्युट अफ साइन्स एजुकेशन एण्ड रिसर्च, कोलकाता, २००६ मा शिक्षा मन्त्रालयले स्थापना गरेको राष्ट्रिय महत्वको संस्थान हो, जसलाई विश्व-स्तरीय अनुसन्धान गर्न र अनुसन्धान वातावरणमा स्नातक र स्नातकोत्तर शिक्षा प्रदान गर्न जिम्मेवारी दिइएको छ।