खोरमा चितुवा परेपछि चिनचुला चियाबारीका मजदुरहरूले पाए राहत

IMG-20240507-WA0160

अलिपुरद्वार: चिनचुला चियाबारीमा चितुवालाई खोरमा थुनिएपछि कामदारले राहतको सास फेरेका छन्। काल्चिनी ब्लकको चिनचुला चिया बगानका बासिन्दा चितुवाको त्रासमा दिनरात बिताइरहेका छन्। अन्ततः मंगलबार बिहान चितुवा खोरमा थुनिएको अवस्थामा देखियो। चितुवा खोरमा थुनिएपछि स्थानीयले राहतको सास फेरेका छन्। स्थानीय स्रोतका अनुसार चिनचुला चियाबारीमा चितुवाको उपस्थिति केही समयदेखि स्थानीयवासीले देखाउँदै आएका थिए। चितुवाको आक्रमणबाट केही मजदुर समेत घाइते भएका छन्। उनीहरूले तुरुन्तै वन विभागलाई चितुवा पक्रन जानकारी गराए। वन विभागले सो क्षेत्रमा पातका बीचमा खोर राखेको थियो। आज बिहान चितुवा खोरमा थुनिएको देखियो। चितुवाको स्वास्थ्य परीक्षणपछि बक्सा बाघ आयोजनाको जंगलमा छाड्ने वन विभाग स्रोतले जनाएको छ। तर पिंजरामा कैद गरेपछि सबैले राहत पाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement