दार्जीलिङ: आज (७ मई) मालदामा भइरहेको तेस्रो चरणको लोकसभा चुनावको लागि खटिएका दार्जीलिङको रेलवे स्टेशन नजिक निवासी पुलिसकर्मी नवीन मोक्तानको ड्यूटीकै अवधिमा असामायिक निधन भयो। उनको अन्तिम संस्कार भोलि (बुधबार) ८ मईको दिन दार्जीलिङमा सम्पन्न गरिने भएको छ। पुलिस विभागमा इमान्दारपूर्वक कार्य गर्ने नवीन मोक्तान प्रायः जसो कालो गगल्समा पुलिसको वर्दी लगाएर आफ्नो ड्यूटी गर्थेl उनी सन् १९९९ मा पुलिसमा भर्ना भएका थिएl यसै क्रममा मालदाको बैष्णवनगर थाना क्षेत्रमा उनी ड्यूटीमा परेका थिए। तर गएको दुई दिनअघि अचानक उनको स्वास्थ्य बिग्रिएको हुँदा तत्कालै उनलाई उपचारको लागि बेदरावाद अस्पताल पुऱ्याइएको थियोl उनको स्वास्थ्य अझै गम्भीर बनेपछि उनलाई मालदा मेडिकल कलेज एवं अस्पताल लगिएको थियो। तर मालदा मेडिकल कलेज एवं अस्पताल पुऱ्याउँदा उनलाई डाक्टरहरूले मृत घोषित गरे। त्यसपछि पुलिसले घट्नाको जाँच शुरू गरिसकेको पनि जानकारी पाइएको छ। ४३ वर्षीय नवीनको असामयिक निधनले उनका गाउँवासी शोकित बनेका छन्l उनको शव हिजो बेलुकी दार्जीलिङ ल्याइपुऱ्याइयो। जहाँबाट नै उनको अन्तिम यात्रा निकालिने भएको पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ। परिवारपक्षले दुई दिनअघि अचानक नवीनको रक्तचाप बेसी मात्रामा बढेको थियो भन्ने पनि जानकारी गराएको छ।