अनलाइन ठगीको शिकार भएकी युवतीले आफ्नो रुपियाँ कुमारग्राम पुलिस चौकीको सक्रियतामा  पाइन्

IMG-20240507-WA0141

अलिपुरद्वार: अनलाइन ठगीको शिकार भएकी कामाख्यागुडीकी एक युवतीले गुमाएकी रुपियाँ कुमारग्राम पुलिसले बरामद गरेको छ। यसलाई पुलिसको ठूलो सफलता मानिएको छ। प्रलोभन देखाएर ह्वाट्सएपमा म्यासेज पठाएपछि कुमारग्राम ब्लककी कामाख्यागुडीकी युवती अनलाइन आर्थिक ठगीको शिकार भएकी थिइन्l पुलिसमा उजुरी गरेपछि कुमारग्राम पुलिस चौकीले घटनाको अनुसन्धान शुरु गरेको थियो। अन्ततः सोमबार युवतीले आफ्नो पैसा फिर्ता पाइन्। ११ फरवरीमा दीपाश्री कर्माकरलाई ह्वाट्सएप म्यासेजमा लिंक पठाएर नोकरीको बारेमा जानकारी गराइएको बताइएको छ। उक्त लिंक पठाएपछि ठगले उनको खाताबाट अनलाइनबाटै कुल ६० हजार रुपियाँ निकाले। आफ्नो भूल थाहा पाएपछि युवतीले १२ फरवरीमा पुलिस समक्ष उजुरी गरिन्। अनुसन्धानका क्रममा पुलिसले कुल ५२ हजार ४०८ रुपियाँ बरामद गर्न सफल भयो। दिपाश्री कर्माकरले भनिन्, ‘कुमारग्राम पुलिस चौकीका पुलिसलाई धेरै धेरै धन्यवाद।‘ पुलिसको सक्रियताका कारण ६० हजार रुपियाँमध्ये ५२ हजार ४०८ रुपियाँ फिर्ता भएको उनले बताइन्। दिपाश्री कर्माकरले पुलिसलाई धन्यवाद दिनुका साथै अनलाइन आर्थिक ठगीबाट बच्नका लागि सबैलाई सचेत हुनुपर्ने सन्देश दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement