उत्तर र दक्षिण मालदा मतदान हुँदै

IMG-20240507-WA0135

मालदा: मालदामा बिहान ७ बजेदेखि मतदान शुरु भयोl तर त्यसअघि नै बुथमा ठूलो भीड देखियो। दक्षिण मालदा अन्तर्गतको इंगलिस बजार विधानसभाको ट्यागोर अंकुलचन्द्र गर्ल्स स्कूलदेखि आदर्श मतदान केन्द्र मालदा गर्ल्स हाई स्कूलसम्मका धेरै बुथहरूमा बिहानैदेखि मतदाताको बाक्लो लाइन थियो। आज बिहान ९ बजेसम्म प्रदेशमा १४.६० प्रतिशत मतदान भएको छ भने मालदा उत्तरमा ३१.७३ प्रतिशत, मालदा दक्षिणमा ३३.०९ प्रतिशत, जंगीपुरमा ३३.८१ प्रतिशत र मुर्शिदाबादमा ३२.७२ प्रतिशत मतदान भएको छ। यसैबीच भगवानगोलामा विधानसभा उपनिर्वाचन भइरहेको छ। यहाँ पनि बिहान ९ बजेसम्ममा  २९.३३ प्रतिशत मतदान भएको छ।

About Author

Advertisement