सिलगढी: नेपाल–भारत सीमामा रहेको खोरीबारी पानीट्यांकीमा एसएसबीले ठूलो सफलता हासिल गरेको छ। एसएसबी ४१ बटालियनका जवानहरूले पानीट्यांकीबाट वन्य जन्तुका अङ्गका साथ एक जना नेपालका नागरिकलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको पहिचान नेपालका नागरिक डम्बर सुबकोटा (२९) बताइएको छ। एसएसबी ४१ बटालियनका जवानहरूले सोमबार चार चक्के सवारीसाधन नेपाल प्रवेश गर्नुअघि नै रोकेर खोजी गरेका थिए। वाहनबाट सिक्किमबात हरिणको ५ वटा सिङ्ग, ३० वटा दुम्सीको काँडा, हरिणको खोपडी, साँपको कंकाल र हिमालयन घोरलको सिङ्ग गरिएको छl एसएसबीले पक्रा परेका व्यक्ति र जनवारहरूको अङ्ग टुकरियाझार वन विभागलाई सुपुर्द गरिएको छ। पक्राउ परेका व्यक्तिलाई आज सिलगढी उपविभागीय अदालतमा पेश गरी सोधपुछका लागि हिरासतमा लिइने वन विभाग स्रोतले जनाएको छ। पक्रा परेका व्यक्ति अन्तर्राष्ट्रिय वन्यजन्तु बेचबिखनमा संलग्न छन् वा छैनन् भन्ने विषयमा वन विभागले अनुसन्धान थालेको छ।
