हरमनप्रीत ३०० वटा अन्तर्राष्ट्रिय म्याच खेल्ने दोस्रो भारतीय महिला क्रिकेटर बनिन्

IMG-20240507-WA0114.jpg

नयाँ दिल्ली: भारतीय कप्तान हरमनप्रीत कौरले सिलहटमा खेलिएको चौथो महिला टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा बंग्लादेश विरुद्ध खेल्न मैदानमा ओर्लिनको साथै एउटा विशेष उपलब्धि हासिल गरिन्। मार्च २००९-मा भारतको निम्ति पदार्पण गर्ने हरमनप्रीत ३०० वटा अन्तर्राष्ट्रिय म्याच खेल्ने भारतकी दोस्रो अनि विश्वकी पाँचौं खेलाड़ी बनेकी छन्। यस साल अक्टोबरमा हुने महिला टी२० वर्ल्ड कपको तयारीलाई ध्यानमा राखेर भारतीय टीम अहिले पाँचवटा म्याचको सीरीज खेल्न बंग्लादेश यात्रामा रहेको छ। भारतीय टीमले सीरीज अगावै जितिसकेको छ अनि सोमवार चौथो म्याचमा डकवर्थ लुईस नियमअन्तर्गत ५६ रनले जीत हासिल गरी भारत अहिले सीरीजमा ४-०-ले अघि रहेको छ। हरमनप्रीत अहिले पूर्व कप्तान मिताली राजपछि ३०० भन्दा अधिक अन्तर्राष्ट्रिय म्याच खेल्ने देशकी दोस्रो महिला क्रिकेटर बनेकी छन्। मितालीले २३ सालको आफ्नो यादगार करियरमा सबै प्रारूप मिलाएर ३३३ वटा म्याच खेलेकी थिइन्। उनी महिला क्रिकेटमा सर्वाधिक अन्तर्राष्ट्रिय म्याच खेल्ने खेलाड़ी पनि हुन्। दोस्रो स्थानमा रहने न्यूजील्याण्डकी सूजी बेट्सले ३१७ र तेस्रो स्थानमा रहने अष्ट्रेलियाई अलराउण्डर एलिस पेरीले ३१४ वटा म्याच खेलेकी छन्। यसरी ईंग्ल्याण्डकी चार्लोट एडवर्ड्सले ३०९ वटा म्याच खेलेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement