सही क्षेत्रमा बलिंग गरेर फाइदा भएको बताए कप्तान हार्दिक पाण्ड्याले

IMG-20240507-WA0102.jpg

मुम्बई: मुम्बई इण्डियन्सले आफ्नो होम ग्राउण्ड वानखेड़े स्टेडियममा सूर्यकुमार यादवको शतकको सहायताले आईपीएल २०२४-को म्याचमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गऱ्यो। यस म्याचमा हारको साथै प्याट कमिन्सको कप्तानीमा रहने सनराइजर्सको निम्ति प्लेअफ्-मा स्थान बनाउने बाटो सामान्य साँघुरिन पुग्यो। अब उनीहरूले रहल तीनवटा म्याचमा दुईवटा जसरी भए पनि जित्नु पर्नेछ। प्लेअफ्-को दौड़बाट अगावै बाहिर हुने मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्ड्याले म्याच जितेर भने, हामी असल क्रिकेट खेल्नमा ध्यान दिन चाहन्छौं तर पनि मलाई १०-१५ रन अधिक खर्च भएको जस्तो लाग्यो। त्यसपछि ब्याटरहरूले चाहिँ असाधारण प्रदर्शन गरे। स्काई (सूर्यकुमार)-ले फेरि आफ्नो क्षमता देखाए। उनको ईनिंग्स अविश्वसनीय थियो। म्याचमा ३ विकेट हासिल गर्ने हार्दिकले आफ्नो बलिंगबारे भने, मलाई सही क्षेत्रहरूमा बलिंग गर्नु मन पर्छ अनि म स्थिति अनुसार बलिंग गर्छु। आज मैले सही क्षेत्रहरूमा बलिंग गरे अनि मलाई फाइदा भयो। यस्तो पीचहरूमा तपाईं सटीक रहनु पर्छ। बलरहरूका निम्ति टी२० क्रिकेटमा गल्ती गर्ने कुनै स्थान हुँदैन।

म्याचको कुरा गर्दा मुम्बई इण्डियन्सको होम ग्राउण्डमा टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्स हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो। ओपनर ट्रेविस हेडले विध्वंशी मिजासमा ४८ रन बनाए पनि शीर्ष र मध्य क्रममा कसैले पनि उनलाई साथ दिन सकेनन्। हेडले ३० बल खेलेर ७ वटा चौका र एउटा छक्का लगाए। आईपीएलको जारी सीजनमा दुईपल्ट २७० भन्दा अधिकको स्कोर गर्ने सनराइजर्सको तर्फबाट सोमवार हेडलाई छोड़ेर शीर्ष र मध्य क्रममा कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। अभिषेक शर्मा ११, मयंक अग्रवाल ५, नितिश कुमार रेड्डी २०, हेनरिक क्लासेन २, मार्को यानसन १७, शाहबाज अहमद १० रअब्दुल समद ३ रन बनाएर आउट भए। अन्तिम ओभरहरूमा कप्तान कमिन्सले १७ बलमा अविजित ३५ रन बनाएर टीमलाई असल स्कोरसम्म पुऱ्याए। मुम्बईका बलरहरूमा हार्दिक र स्पिनर पीयूष चावलाले ३-३ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले खराब शुरुवातपछि सूर्यकुमारको शतकको सहायताले १७.२ ओभरमा ३ विकेट गुमाएर १७४ रनको लक्ष्यलाई हासिल गऱ्यो। केवल ३१ रनमा ३ विकेटको पतनपछि सूर्यकुमारले तिलक वर्मा (अविजित ३७)-सँग चौथो विकेटको निम्ति १४३ रनको अटूट पार्टनरशीप गरी टीमलाई जीत दिलाए। सूर्याले टी२० प्रारूपमा आफ्नो छैटौं शतक बनाए। उनले १२ वटा चौका र ६ वटा छक्काको साथ ५१ बलमा अविजित १०२ रन बनाए। तिलकले ३२ बल खेलेर ६ वटा चौका लगाए। मुम्बई इण्डियन्सको शीर्ष क्रममा ईशान किशन (९), रोहित शर्मा (४) र नमन धीर (शून्य) फेरि असफल रहे। सूर्यकुमारलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement