खरसाङ – हिल तृणमूल कङ्ग्रेसको एक टोलीले खरसाङको दुधेवासीहरूको बर्षौं पुरानो जमीनको समस्याको समाधानको निम्ति राज्यसभा सांसद साथै हिल तृणमूल कालेबुङ दार्जीलिङ -जिल्लाका अध्यक्ष शान्ता छेत्रीको पहलमा दार्जीलिङको डीएम, एडीएम, एलआर साथै खरसाङ महकुमा शासक, खण्ड विकास अधिकारी, एसडीआई अनि एलआरओ साथै बीएलआरओलाई एउटा ज्ञापन पत्र चढाइएको जानकारी निश्चल पाख्रीङले दिएका छन्।
उनले जनाएअनुसार बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको आदेशअनुसार पहाड़को जनसाधारणले पनि आफ्नो जमीनको मालिकना हक पाउनुपर्छ भन्ने ठूलो सोचलाई आत्मासाथ गर्दै वर्तमानमा चलिरहेको जमीन निरीक्षण कार्यलाई दुधेमा पनि चाँड़ो पूरा गरी यहाँ बसोबासो गर्ने सम्पूर्ण गाउँवासीलाई पनि जमीनको मालिकना हक (पर्जा पट्टा) दिनेछन् भनेर विभागप्रति तिनीहरूले पूर्ण भरोसा राखेका छन्। ज्ञापन पत्र चढ़ाउने कार्यको निम्ति हिल तृणमूल श्रमिक सङ्गठन केन्द्रीय समिति उपाध्यक्ष दिपक प्रधान, हिल तृणमूल कङ्ग्रेस पङ्खाबारी लङभिऊ अम्बटे समष्टि संयोजक निशाल पाखरीन, युवा सङ्गठनबाट निरज रुम्बा साथै दुधे निवासी हिल तृणमूल कङ्ग्रेस समष्टि युवा सदस्य गोबिन्द छेत्रीको विशेष उपस्थिति रहेको थियो।