शिक्षा कार्यालय र सीआरसीका समन्वयकहरूबीच समन्वय सभा सम्पन्न

IMG-20240506-WA0215.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत जिल्ला शिक्षा कार्यालय र सीआरसीका समन्वयकहरूलाई लिएर एक समन्वय सभा सम्पन्न भयो। प्रमुख शिक्षा अधिकारीको कार्यालयमा सम्पन्न भएको सभाको अध्यक्षता एडी छेत्रीले गरेका थिए। आज सम्पन्न भएको सभामा संयुक्त निर्देशक, उपनिर्देशक, सीआरसीका समन्वयकहरू लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस सभा आयोजना गरिनुको गर्नुको उद्देश्य शैक्षिक समस्याहरू र समग्र शिक्षा, शिक्षा विभाग अन्तर्गतका विभिन्न योजनाहरूको कार्यान्वयनबारेमा र अनुगमनबारेमा बारेमा छलफल गर्नु रहेको थियो। आजको सभामा विशेष गरेर विभिन्न एजेन्डाहरूमाथि छलफल गरेपछि बहुमतले पारित गरेको छ। सभामा पारित गरिएको विभिन्न एजेन्डाहरू जस्तै तेस्रो, पाँचौं र आठौं श्रेणीका विद्यार्थीहरूको पहिलो चरणको परीक्षाको निम्ति केन्द्रकृत प्रश्नहरू तयारी गर्नु थियो भने यसको जिम्मेवार सीआरसीका समन्वयकहरूलाई सुम्पिएको छ। सोही प्रकारले तेस्रो, पाँचौ र आठौं श्रेणीका विद्यार्थीहरूको अंक र पाठ्यक्रम छनौट गरिनेबारे पनि निर्णय लिएको छ। यसरी नै अन्य विषयहरूबारे पनि आजको सभामा छलफल गरेको जानकारी गराइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *