नाम्ची जिल्लास्तरीय अनुगमन समितिको सभा सम्पन्न

IMG-20240506-WA0214.jpg

गान्तोक: नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आज जिल्लास्तरीय अनुगमन समितिको एक सभा सम्पन्न भयो। नाम्ची जिल्लाकी जिल्लापाल एवम डीएलओसीकी अध्य़क्ष अन्नपूर्ण आलेको अध्यक्षतामा बसेको सभामा वरिष्ठ पुलिस अधिक्षक डा. टीएन ग्याछो, अतिरिक्त जिल्लापाल (मुख्यालय) सुबास घिमिरे लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्ने क्रममा डीएलओसीकी अध्यक्ष आलेले नाम्ची जिल्ला परिसरमा जडान गरिएको सबै सीसीटीभीको गरिनुपर्ने मर्मत साथै यसले काम गरेको छ छकी छैन्, त्यसको निगरानी गर्नुपर्ने निर्देश दिएकी छन्। यसका साथै उनले नाम्ची जिल्लामा सर्वसाधरणको सुरक्षा सुनिश्चित गरिनुपर्ने जानकारी गराइन्। यसै क्रममा अतिरिक्त जिल्लापाल (मुख्यालय) सुबास घिमिरेले जिल्लास्तरीय अगमन समितिको गठनको महत्वबारे जानकारी गराउँदै देशको सर्वोच्च न्यायालयको निर्देश बमोजिम सबै पुलिस थानाहरूमा सीसीटीभी र अन्य उपकरणहरू जडान गरिएको र यसको समय समयमा निगरानी गर्नको निम्ति उक्त समितिको गठन गरिएको अवगत गराए। यसरी नै विभिन्न स्थानमा जडान गरिएका सिसिटिभीको सङ्ख्या र हालसम्मको अवस्थाका बारेमा पनि छलफल भएको थियो र त्यसपछि जिल्लामा स्मार्ट सिटी लिमिटेडको नेतृत्वमा भएको विभिन्न परियोजनाकोबारेमा पनि गहिरो छलफल गरिएको जानकारी गराइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *