गान्तोक: गत १९ अप्रलमा सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति अहिलेसम्म पोस्टल व्यालेट आउने क्रम जारी रहेको छ। विशेष गरेर चुनाउमा खटिएका सरकारी कर्मचारीहरूले पोस्टल व्यालेटको माध्यमद्वारा मतदान गरेका थिए, जुन ढाकघरको माध्यमद्वारा पठाइएको हो। यसै क्रममा आज नाम्ची जिल्लाका जिल्ला चुनाउ अधिकारी र नोडल अधिकारीहरूले पोस्टल व्यालेट प्राप्त गरेका छन्। आज कूल ३० वटा पोस्टल व्यालेट आएको थियो भने हालसम्म नाम्ची जिल्लाको निम्ति कूल ३१९ वटा पोस्टल व्यालेट प्राप्त भएको छ। आज प्राप्त गरेको पोस्टल व्यालेट छुट्टाएपछि इटीपीबीएस बक्समा रिटर्निङ अधिकारी लगायत अन्यहरूको उपस्थितिमा सुरक्षित राखिएको छ भने राख्र्ने सम्पूर्ण प्रक्रियाको भारतीय चुनाउ आयोगको निर्देश बमोजिम भीडियोग्राफी पनि गरिएको जानकारी गराइएको छ।









