जिल्लापालले गरिन मनसुन पूर्व तयारीबारे सभा

n6063724041715015791362b6776d29296ac502b280673b7db3bbc0ae0305a26a7df0893ca52ece9000620d.jpg

साेरेङ: आगामी दिनमा हुने मनसुन पूर्व तयारीलाई लिएर सोरेङ जिल्लाको रूरबन कम्पलेक्समा समीक्षा साथै छलफलबारे एक सभा सम्पन्न भयो। जिल्ला आपदा प्रबन्धन प्राधिकरणको पहलमा आयोजित सभाको अध्यक्षतामा जिल्लापाल हिस्से डी. योङदाले गरेकी थिइन्, भने सभामा जिल्ला उपाध्यक्ष सीबी कामी, अतिरिक्त जिल्लापाल धिराज सुबेदी लगायत विभिन्न विभागका प्रमुखहरूको पनि सहभागिता रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल हिस्से डी.योङदाले यस सभा आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्यबारे जानकारी गराउँदै सबै लाइन विभागहरूको तयारीबारे पनि अवगत गराइन्। विशेष गरेर उनले कुनै पनि समयमा प्रतिकूल परिस्थितिसँग जुझ्नको निम्ति सरोकारवालाहरुबीच एक अर्कामा तालमेल राखेर अघि बढनुपर्ने सुझाउ दिएकी छन्।उनले पानीजन्य रोग डेंगु, टाइफाइड विशेषगरी तल्लो क्षेत्रमा हुने रोगबाट बाँच्न सचेतना, मौसमी रुघाखोकी र सर्पले टोक्दा प्रयोग गरिने औषधिको भण्डारण गर्न स्वास्थ्य विभागलाई निर्देशन दिइन्। उनले पीएचई विभागलाई प्रदुषण विरुद्ध पानी जलाशयहरूको पूर्ण निरीक्षण सुनिश्चित गर्न सुझाउ दिएकी छन्। यसरी नै उनले वार्षिकरूपमा पानीको मुहान, पानीको ट्याङ्की सरसफाई गर्नुपर्ने निर्देश दिइन्। उनले मानसिक स्वास्थ्यबारे ध्यान केन्द्रित गर्दै मानिसहरूलाई यस समयमा विभिन्न प्रकारको रोगबाट बाँच्नको निम्ति सावधान रहनु पर्ने र यसको निम्ति जागरूक गराउन आवश्यक रहेको मन्तव्य प्रकट गरेकी छन्।उनले भूमि राजस्व तथा आपदा प्रबन्धन विभागमा भर्ना भएका कर्मचारीहरुले आपदको समयमा टोलीसँग मिलेर काम गर्नुपर्ने र यसको निम्ति उनीहरूलाई थप तालिमको व्यवस्था गर्नुपर्ने सुझाउ दिएका छन्। सडक तथा पुल विभागलाई सडकको मर्मतसम्भार गर्न र आपूर्ति र आपतकालीन कर्मचारीहरूको सहज र सुलभ आवतजावतका लागि अन्य वैकल्पिक मार्गहरूको पहिचान गर्न निर्देशन दिएकी छन्। यातायात विभागलाई विशेष गरी आपतकालिन समयमा सवारी साधनको आवागमन र आवागमन नियमन गर्न अगावै सुझाउ दिइसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *