मलेशियामा फूटबलरमाथि एसिड हमला

IMG-20240506-WA0209.jpg

कुआलालम्पुर: मलेशियाका एकजना प्रतिभाशाली फूटबलरमाथि आइतवार प्राणघातक हमला भयो। फैसल हलीम नामक फूटबलरमाथि एउटा शपिंग मलमा एसिड फ्याँकियो, जसले उनको शरीरको धेरै हिस्सा जलेको छ। सेलांगोर राज्यका खेल अधिकारी नजवान हलीमीले जानकारी दिए अनुसार, मलेशियाई राष्ट्रिय टीमका खेलाड़ी फैसलमाथि राजधानी कुआलालम्पुर बाहिर पेटलिंग जाया जिल्लामा हमला गरियो। एसिड हमलामा उनको गर्दन, कुम, हात र छात्तीको धेरै हिस्सा जलेको छ। २६ वर्षीय फैसल सेलांगोल फूटबल क्लबमा विंगर हुन्। नजवानले भने, म यस हिंसाको कड़ा निन्दा गर्छु अनि पुलिससँग अपराधीलाई चाँडै पक्रिने माग गर्छु। सेलांगोर पुलिस प्रमुख हुसैन उमर खानले यस मामिलामा एकजना संदिग्धलाई पक्राउ गरिएको जानकारी दिएका छ। सोशल मीडियामा भायरल भएको फोटोमा फैसललाई बेञ्चमा बसेको देखिएको छ अनि उनको शरीरमा एसिडले जलेको दाग रहेको छ। यस हमलाको तीन दिन अघि पनि अन्य एक राष्ट्रिय खेलाड़ी अख्यार राशिद पूर्वी राज्य तेरेंगानुमा आफ्नो घरमा लुटपाटको घटनामा घाइते भएका थिए। स्थानीय मीडिया रिपोर्ट अनुसार, दुईजना अज्ञात संदिग्धहरूले २५ वर्षीय अख्यारमाथि फलामको रडले प्रहार गरेका थिए। मलेशियाई फूटबल संघका अध्यक्ष हमीदीन मोहम्मदले सम्पूर्ण घटनाक्रममाथि निराशा व्यक्त गर्दै आरोपीहरू विरुद्ध कठोर कार्वाही गरिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement