कोहली विरुद्ध रणनीति बनाउन तयार बाबर आजम

IMG-20240506-WA0206.jpg

कराची: पाकिस्तान टी२० क्रिकेट टीमका कप्तान बाबर आजमले विराट कोहलीलाई भारतका सर्वश्रेष्ठ ब्याटरहरूमा एक बताउनको साथै आउँदो महिना हुने टी२० वर्ल्ड कपमा उनको निम्ति रणनीति अवश्यै बनाउने बताए। आईसीसी टी२० वर्ल्ड कप अमेरिका र वेष्ट इण्डिजमा एक जूनदेखि शुरु हुनेछ, जसमा भारत र पाकिस्तानबीच म्याच ९ जूनको दिन न्यूयोर्कमा खेलिनेछ। आयरल्याण्ड र ईंग्ल्याण्ड विरुद्ध टी२० सीरीजको निम्ति टीमसँग यूरोप प्रस्थान गर्न अघि बाबरसँग के उनी असाधारण फर्ममा रहने विपक्षी टीमका सर्वश्रेष्ठ ब्याटर कोहली विरुद्ध कुनै रणनीति बनाउनेछन् भनी प्रश्न गरिँदा उनले भने, हामी विपक्षी टीमका सबै खेलाड़ी विरुद्ध रणनीति बनाउँछौं। हामीलाई न्यूयोर्कको मैदानबारे अधिक जानकारी छैन तर उनी (कोहली) सर्वश्रेष्ठ खेलाड़ीहरूमा एक हुन् अनि हामी उनी विरुद्ध पनि रणनीति बनाउनेछौं। उल्लेखनीय छ, टी२० वर्ल्ड कपलाई ध्यानमा राखेर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दिग्गज ग्यारी कर्स्टनलाई दुई सालको निम्ति सीमित ओभरका प्रारूपहरूका मुख्य प्रशिक्षक नियुक्त गरेको छ। भारतले कर्स्टनकै मार्गदर्शनमा २०११-मा वनडे वर्ल्ड कपको खिताब जितेको थियो। बाबरले नयाँ प्रशिक्षकबारे भने, उनी धेरै अनुभवी प्रशिक्षक हुन्। उनको उपस्थितिले हामीलाई फाइदा हुनेछ। उनीले वर्ल्ड कपको रणनीति बनाउनमा निक्कै रूचि देखाएका छन्। हामी उनको मार्गदर्शनमा खेल्न उत्साहित छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement