१०५औं हर्ली मेमोरियल कपः युनाइटेड एफसी दार्जीलिङ क्वार्टर फाइनलमा

IMG_20220807_205953.jpg

७ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १०५औं संस्करणमा आइतवार खेलिएको दोस्रो म्याचमा युनाइटेड एफसी दार्जीलिङले रोमाञ्चक जीत हासिल गऱ्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दोस्रो म्याचमा युनाइटेड एफसी दार्जीलिङले साई-को लेबोंग केन्द्रलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल आदर्श तामाङले पेनल्टीबाट छिराए। अब सोमवार खेलिने क्वार्टर फाइनलमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र गान्तोकको डोंग्री फूटबल एकाडमीबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement