सिक्किमका आइरनम्यान पेमा भुटियालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

311b6ee6-2957-4f3e-81a2-7f5335c598ea

गान्तोक: लामो समयदेखि सिक्किममा स्ट्रेथ लिफ्टिङको खेललाई प्रवर्द्धन गर्न सफल र सिक्किमको आइरनम्यानको रूपमा पहिचान कमाउन र युवाहरूलाई खेलकुदमा प्रोत्साहित गर्न सधैँ अघि रहने  पेमा भुटियालाई उनको योगदानको लागि लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएसनद्वारा आयोजित यस सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा सिक्किम ओलम्पिक संघका अध्यक्ष कुबेर भण्डारीले उनलाई यो सम्मान प्रदान गरेका थिए। आइरनम्यान पेमा भुटिया विगत २८ वर्षदेखि सिक्किममा आइरन गेमको विकासमा संलग्न छन्।

राङ्कास्थित एउटा फार्म हाउसमा आयोजित भव्य कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा खेलकुद विभागका उपनिर्देशक केडी लेप्चा र शारीरिक सुगठन संघका सचिव युगेश राईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएसनका अध्यक्ष एलेन टार्गेन कार्यकारी अध्यक्ष, मणि रसाइली उपाध्यक्ष, श्रीमती चन्द्र कला प्रधान महासचिव, शेराप छितेन भुटिया कोषाध्यक्ष र पेमा भुटिया विद्यार्थी र अभिभावकको व्यापक उपस्थिति रहेको थियो। उनले यस सम्मानका लागि संघप्रति आभार व्यक्त गरे। यसले मेरो काममा थप उर्जा मिल्ने बताउँदै आगामी दिनमा पनि युवालाई यो दिशामा थप हौसला दिने साहस पाएको बताए। उनले संस्था र सम्पूर्ण सहयोगीहरुप्रति आभार व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *