विभिन्न मन्दिरहरूमा पूजा-अर्चना गरेपछि जून माल्याले गरिन् आफ्नो नामांकन पत्र दर्ता

Screenshot_20240506_211709_Chrome.jpg

काेलकाता: मेदिनीपुरबाट तृणमूल उम्मेद्वार जून माल्याले आज विभिन्न मन्दिरहरूमा पुगेर पूजा-अर्चना गरेपछि आफ्नो नामांकन पत्र दर्ता गराए। नामांकनपूर्व उनले निर्मल हृदय आश्रम, करनगर मायेर मन्दिर, पटना बजार बुड़ो शिव मन्दिर, बटतला काली मन्दिरमा पुगेर ईश्वरको आराधना गरे।

मेदिनीपुरमा आगामी २५ मईमा मतदान हुनेछ। सोमवार नामांकन दर्ता गराउने अन्तिम दिन हो।

जून माल्याको नामांकनलाई लिएर पार्टी समर्थकहरूमा उत्साह देखियो। मेदिनीपुर कलेज ग्राउण्डदेखि कलक्ट्रेट जंक्शनसम्म लगभग डेढ़ किलोमीटर लामो सड़कलाई तृणमूल पार्टीका झण्डाहरूले सजाइयो। नमांकन पत्र दर्ता गराउनपूर्व ऱ्याली पनि निकालियो। ऱ्यालीमा पार्टीका केही विधायकहरू उपस्थित थिए।

यस अतिरिक्त पार्षद बिप्लब बसु, अनिमा साहा, युवा नेता अबीर अग्रवाल, निर्माल्य चक्रवर्ती समेत धेरैजना नेताहरू सामेल भए। उनको साथमा मन्त्री शशि पाजा र चन्द्रिमा भट्टचार्य पनि उपस्थित थिए। एक हजारभन्दा अधिक पार्टी समर्थकहरूको साथमा तृणमूल उम्मेद्वारले आफ्नो नामांकन दर्ता गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement