ओखलढुङ्गामा आगलागी हुँदा आमा–छोराको मृत्यु

IMG-20240506-WA0017

झापा: पूर्वीनेपालको पहाडी जिल्ला  ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका -१० बेतेनीमा आगलागीमा परेर आमा–छोराको मृत्यु भएको छ। आगलागीमा परेर करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उनका १५ वर्षीय छोरा कन्चन धमलाको मृत्यु भएको हो। सोमबार दिउँसो बाहुनडाँडास्थित खरबारीमा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको मृत्यु भएको पुलिसले जनाएको छ। घटनाको विषयमा जिल्ला पुलिस कार्यालय ओखलढुङ्गाले पनि पुष्टि गरेको छ। केही दिनअघिदेखि नजिकैको बसाहा हरिबोले सामुदायिक वनमा लागिरहेको आगो अनियन्त्रित भएर गाउँ नजिकैको खर वनमा प्रवेश गरेको थियोl घटनाको विषयमा जिल्ला पुलिस कार्यालय ओखलढुङ्गाले पनि पुष्टि गरेको छ। केही दिनअघिदेखि नजिकैको बसाहा हरिबोले सामुदायिक वनमा लागिरहेको आगो अनियन्त्रित भएर गाउँ नजिकैको खर वनमा प्रवेश गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement