हावाहुरीमा परेर दुईजनाको मृत्यु

Death.jpg

गुवाहाटी: असमभर भारी वर्षा र हावाहुरीको खबर छ। भारी वर्षाको समयमा बारपेटामा चट्याङ लागेर आमा छोरीको मृत्यु भएको खबर छ। मृत्यु हुनेमा ६० वर्षीया मोमिरोन नेसा र उनकी छोरी २० वर्षीया जोश्ना खातुन रहेका छन्। चट्याङ पर्दा उनी बारपेटाको सौराचरा गाउँमा घरबाहिर बसिरहेका थिए। घटनामा ११ वर्षीय बालक इकबाल हुसेन पनि घाइते भएका छन् र उनको अहिले बारपेटा सिभिल अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा नजिकैको स्वास्थ्य संस्थामा लगिए पनि आमा र छोरीको मृत्यु भएको हो। हावाहुरीका बेला स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *