नयाँ दिल्ली: टीम इण्डियाले सोमवार आउँदो टी२० वर्ल्ड कपको निम्ति आफ्नो आधिकारिक जर्सी लञ्च गऱ्यो, जुन आउँदो महिना वेष्ट इण्डिज र अमेरिकामा खेलिनेछ। आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमा बीसीसीआई-ले कप्तान रोहित शर्मा, स्टार अलराउण्डर रविन्द्र जडेजा र अनुभवी स्पिनर कुलदीप यादवको एउटा भीडियो शेयर गरेको छ जबकि टीम इण्डियाले पनि आफ्नो सोशल मीडिया ह्याण्डलमा भीडियो रीपोस्ट गरेको छ। भीडियोको क्याप्शनमा लेखिएको छ- एक जर्सी। एक राष्ट्र। पेश गरिँदैछ टीम इण्डियाको टी२० जर्सी। आउँदो टी२० वर्ल्ड कपको निम्ति भारतको नयाँ जर्सीमा नीलो र सुन्तले रंगको असाधारण मिश्रण छ।

टी२० वर्ल्ड कपमा भारत ग्रुप ए-मा चीरप्रतिद्वन्द्वी पाकिस्तान, आयरल्याण्ड, कनाडा र सहआयोजक अमेरिकासँग रहेको छ। भारतले आफ्नो अभियानको शुरुवात ५ जूनमा आयरल्याण्ड विरुद्ध गर्नेछ। त्यसपछि ९ जूनमा पाकिस्तान विरुद्ध म्याच रहेको छ।









