काेचबिहारको अस्पतालमागोर्खे चेलीमाथि भएको दुर्व्यवहारलाई हामी सहन गर्ने छैनौं: नोरा सुब्बा

IMG-20240506-WA0190.jpg

दार्जीलिङ: काेचबिहारको एक अस्पतालमा गोर्खे महिला नर्समाथि भएको दुर्व्यवहार हामी सहन गर्ने छैनौं भनी हाम्रो पार्टीको नारी एकाई नारी शक्तिको केन्द्रीय कार्यकर्ता नोरा सुब्बाले बताएकी छन्। हिजो आइतबार काेचबिहारको महाराजा जितेन्द्र मेडिकल कलेज अस्पतालमा कार्यरत पहाड़की एक महिलामाथि अस्पतालको एकजना डाक्टरले अभद्र व्यवहार गरेको घटनाले हामी आहत बनेका छौं सुब्बाले भनिन्। उनले अघि भनिन् -‘अस्पतालमा कार्यरत् पहाड़की गोर्खे नर्समाथि अस्पतालको डाक्टरले अभद्र व्यवहार गर्दै हातपात गर्ने जो प्रयास गरेको छ त्यसको हामी कठोर शब्दमा निन्दा गर्छौं। गोर्खे चेलीहरूमाथि यस्तो प्रकारको घटना पहिलो होइन। गत केही दिन अघि सिलगढीको मतिगढामा एक गोर्खे चेलीमाथि कुकार्य गरेर उसको निर्मम हत्या गरेको छ।’
हाम्रो पार्टीको नारी एकाई नारी शक्तिको कार्यकर्ता नोरा सुब्बाले आरोप लगाउँदै भनिन् -‘हाम्रो पहाडको व्यवस्था ठीक छैन अनि व्यवस्थाको चौकीमा बस्ने अझ बेठीक भएको कारणले गर्दा यस्तो प्रकारको घटनाहरू घटेको हो। पहाडको व्यवस्थाको चौकीमा बस्नेहरूले सिस्टमको कुरा गर्छ तर सिस्टमको कुरा गर्नेहरूकै कारणले गर्दा हाम्रो गोर्खे चेलीहरू असुरक्षित रहेको छ। हिज आइतबार काेचबिहार अस्पतालमा घटेको घटनाले हामी धेरै दु:खी छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement