दार्जिलिङमा क्रामाकपा केन्द्रीय महापरिषदको सभा सम्पन्न

photocollage_20228720546150.jpg

शिक्षा घोटालाको कारण नैतिकता गुमाएको राज्यको सरकार चौकीमा बस्ने अधिकार गुमाएका छन्: अरूण घतानी

दार्जिलिङ: क्रामाकपा महापरिषदको दोस्रो सभा आज दार्जिलिङ पार्टी मुख्यालयमा केन्द्रीय कार्यकारिणी अध्यक्ष कमरेड बीएम राईको अध्यक्षतामा समन्न भयो। सभामा पार्टी परामर्श कमिटिका चेयरम्यान आरबी राईको विशेष उपस्थिति रहेको थियो। उक्त सभालाई कमरेड शेखर छेत्रीले सञ्चालन गरेका थिए भने पार्टी केन्द्रीय महासचिव कमरेड नर्बु लामाले वर्तमान राजनैतिक अनि सांगठनिक अवस्थामाथि समीक्षात्मक रिपोर्ट र आगामी दिनको कार्यक्रमबारेमा विस्तृत रूपरेखा प्रस्तुत गरेका थिए। उक्त रिपोर्टमाथि उपस्थित सदस्यहरूले आ आफ्नो सुझाव र मन्तव्य दिएका थिए। सभामा क्रामाकपा कालेबुङ, खरसाङ, मिरिक, बिजनबारी, दार्जिलिङ क्षेत्रका पार्टी प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै क्रामाकपा पार्टीको तर्फबाट कमरेड अरुण घतानीले आजको सभामा क्रामाकपा पार्टीको विभिन्न विषयहरूमा चर्चा परिचर्चा गरिएको बताउँदै सभामा विशेष रुपमा पश्चिम बंगालमा तृणमूल कंग्रेसको सरकारमा भएको शिक्षामाथिको घोटालामाथि चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्। उनले शिक्षा समाजको सबैभन्दा महत्वपूर्ण भाग हो तर शिक्षा दिने शिक्षक नै खराब भए समाज र शिक्षा व्यवस्था नै खराब हुन्छ। तर आज बंगाल सरकारमा रहेको तृणमूलको सरकार र मुख्यमन्त्रीले यत्रो ठूलो घोटालामा पनि वास्ता नगरेको जनाउँदै यो सारा बंगालको लागि शर्मनाकको कुरा रहेको बताएका छन्।

अरुण घतानीले सरकारको नैतिकता छैन भन्दै नैतिकता गुमाएको सरकार चौकीमा बसिरहने अधिकार छैन अनि मुख्यमन्त्रीले आफ्नो नैतिकता सम्झेर पदबाट राजीनामा दिएको हुनुपर्छ भनी बताएका छन्। उनले शिक्षा क्षेत्रमा घोटाला केवल बंगालमा मात्र होइन तर पहाड़मा पनि भएको छ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement