पहाडको महिला नर्समाथि दुव्यवहारको घटनाको न्यायिक जाँचको मांग गर्दै अजय एडवर्डद्वारा मुख्यमन्त्रीलाई पत्रचार

IMG-20240506-WA0193.jpg

दार्जीलिङ: पहाडको महिला नर्समाथि दुव्यवहारको घटनाको न्यायिक जाँचको मांग गर्दै हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डद्वारा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेका छन्। उनले न्यायिक जाँचको मांग गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेका थिए।गत दिन कुचबिहारको महाराज जितेन्द्र नारायण मेडिकल कलेज अस्पतालमा कार्यरत् पहाड़की एक नर्समाथि अस्पतालको एकजना डाक्टरले दुर्व्यवहार गरेको घटना यस समय समाजिक सञ्जालहरूमा निकै चर्चाको विषय बन्न पुगेको छ। उक्त घटनालाई हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेका छन्। अध्यक्ष एडवाडर्सले आफ्नो पत्रमा २०२४ को लोकसभा चुनावलाई लिएर मुख्यमन्त्री निकै ब्यस्त रहेको मलाई थाहाँ छ। तर म एकजना निर्वाचित सभासद भएको नाताले जीटीए क्षेत्रकी एक महिला नर्समाथि अस्पतालको डाक्टरले अभद्र एंव दुर्व्यहार गरेको घटना सुनेर म चूप लागेर बस्न मिल्दैन भन्दै कुचविहार महाराजा मेडिकल कलेज अस्पतालमा कार्यरत एक नर्समाथि अस्पतालको डाक्टरले दुर्व्यवहार गरेको घटना यस समय समाजिक सञ्जालहरूमा धेरै भाइरल भई रहेको छ अनि उक्त घटनाको जानकारी तपाईलाई भईसक्यो होला भनी बताएका छन्। जून महिलामाथि अस्पतालको डाक्टरले दुर्व्यवहार साथै अपमानित गर्ने कार्य गरेको छ ती महिला एकजना जातिभित्र आउँछ। पिडित महिलाले अस्पतालको अधिकारी समक्ष आफुमाथि भएको दुर्व्यवहारको घटना राख्दा समेत उक्त डाक्टरले अपशब्दहरूको प्रयोगसंगसंगै जाई लाग्ने प्रयास समेत गरेको सामाजिक सञ्जालहरूमा भाइरल भिडियो फुटेजमा स्पष्ट देखिएको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो पत्रमा उलेख गरेको छ।पत्रमा लेखेका छन् “तपाईले आफ्नो पक्षबाट उच्च न्यायलयको अवकाश प्राप्त न्यायधीशको अध्यक्षतामा एक स्वतन्त्र समितिको गठन गरेर घटनाको निष्पक्ष जाँच गरेर पिडित महिलालाई न्याय दिने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष अनुरोध गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *