सोनादाको आईसीएससी र आईएससी परीक्षाको परिणाम सय प्रतिशत

IMG-20240506-WA0187.jpg

सोनादा: सोनादाको ग्रिन हिल अंग्रेजी स्कूलको यसपालीको आईसीएससी र आईएससी परीक्षाको परिणाम सय प्रतिशत राम्रो भएको छ। यस स्कूलबाट यसपाली जम्मा ३६ जनाले आईसीएससी अनि १९ जनाले आईएससी परीक्षा दिएका थिए। दुवै परीक्षामा सय प्रतिशत असल परिणाम प्राप्त भएको छ। यस स्कूलमा आईसीएससीमा एलेक्स देवान स्कूल टप्पर बनेका छन् जसले ८० प्रतिशत अंक प्राप्त गरेका छन्। उनी अमर देवान र एलिसा देवानको सुपुत्र हुन्। त्यसरी नै आईएससीमा नोर्देन लामा स्कूल टप्पर बनेका छन् उनले आईएससीमा ७५ प्रतिशत अंक प्राप्त गरेका थिए। उनी सञ्जय लामा र कृतिमा थापाको सुपुत्र हुन्। स्कूलको राम्रो परिणाम आएपछि ग्रिन हिल स्कूल अंग्रेजी स्कूलको निर्देशक टीटी शेर्पाले पास भएर जाने सबै विद्यार्थीहरूलाई बधाई दिन्दै स्कूलका शिक्षक शिक्षिकाहरूका अथक परिश्रम र टिम वर्कले गर्दा स्कूलको सय प्रतिशत परिणाम पाएको बताउँदै स्कूलका शिक्षक शिक्षिकाहरूलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement