भारत-नेपाल सीमामा विशेष सुरक्षा व्यवस्था

Border-Representative-Image-copy

लोकसभा चुनावको तेस्रो चरणमा मंगलबार राज्यको पाँच सिटमा मतदान हुँदैछ। यसका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। सबै बुथमा सशस्त्र सुरक्षा बल तैनाथ गरिएको छ। सञ्चारमध्यमक्लो समाचारअनुसार झाँझरपुर, सुपौल, अररिया, मधेपुरा र खगरियामा मतदानका लागि करिब ६० हजार सुरक्षाकर्मी खटाइएको छ। यसमा बिहार विशेष सशस्त्र पुलिस र बिहार पुलिस कर्मचारीहरू र केन्द्रीय सुरक्षा बलहरू समावेश छन्। निर्वाचनमा करिब १८ हजार होमगार्ड पनि खटाइएको छ। तेस्रो चरणको निर्वाचन पनि विशेष छ किनभने तीन लोकसभा सिट नेपालसँग जोडिएको छ। झाँझरपुर, सुपौल र अररियाको २५० किलोमिटरभन्दा बढी क्षेत्र अन्तर्राष्ट्रिय सिमानासँग जोडिएको छ।

नेपालसँगको अन्तर्राष्ट्रिय सिमाना यसअघि नै सिल गरिएको थियो। सीमामा थप चेकपोस्ट पनि बनाइएको छ। एसएसबीका जवानहरूले निरन्तर गस्ती गरिरहेका छन्। नेपाली सुरक्षा बलसँग पनि संयुक्त गस्ती भइरहेको छ। दुर्गम क्षेत्रमा घोडचढी र नदी क्षेत्रमा डुङ्गाबाट निगरानीको व्यवस्था गरिएको छ। यसका साथै ड्रोनबाट पनि अनुगमन गरिने छ। सुरक्षा बललाई स्याटेलाइट फोन, बम डिस्पोजल स्क्वाड र वायरलेस सेट समेत उपलब्ध गराइएको छ। मतदानमा कुनै किसिमको अवरोध गर्नेलाई कडाइका साथ कारबाही गर्न निर्देशन दिइएको छ। मतदानका क्रममा पुलिस प्रधान कार्यालय स्तरबाट इन्टरनेट सञ्जाल (सामाजिक सञ्जाल) लाई पनि निगरानीमा राखिनेछ। सामाजिक सञ्जाल अनुगमन इकाईले इन्टरनेट मिडियामा प्रसारित समाचार, फेसबुक–एक्स पोस्ट र युट्युब भिडियो आदिमा निगरानी राख्नेछ। कुनै पनि प्रकारको आपत्तिजनक पोस्ट, भ्रामक समाचार तुरुन्त हटाउन र सम्बन्धितलाई कानुनी कारबाही गर्न निर्देशन दिइएको छ। यसका साथै इन्टरनेट मिडियामा निगरानी राख्न जिल्ला स्तरमा पनि टोली गठन गरिएको छ, जसले प्रत्येक अपडेट मुख्यालयमा दिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement