सिलगढी: सिलगढीका मेयर गौतम देवले आज सार्वजनिक निर्माण विभागका धेरै कामहरूको विस्तृत रूपमा छलफल गरे। आज मेयरले निगमको सभाहलमा विभागका सबै इन्जिनियरहरुसँग विभिन्न आयोजनाका बारेमा छलफल गरे। सार्वजनिक निर्माण विभागको लामो समिक्षा बैठकपछि मेयर गौतम देवले अधुरा रहेका धेरै काम सम्पन्न गरी निर्माण गर्न आफू सधै तत्पर रहेको बताए। सिलगढी शहर सुन्दर छ। आगामी ६ महिनाभित्र निगमको नयाँ भवन पूर्णरुपमा सजाउने पनि बताइएको छ। यसपछि पुरानो भवनका धेरै भाग भत्काएर त्यहाँ सिलगढी सहरका ऐतिहासिक तथ्यलाई संरक्षण गरी संग्रहालय बनाउने सोच लिएको छ।










