भक्तिनगर ट्राफिक पुलिसको सक्रियतामा चोरीको स्कुटर बरामद, चोर पक्राउ

Capture-4.jpg

सिलगढी: भक्तिनगर ट्राफिक पुलिसको सक्रियताका कारण सिविक भोलन्टियरको चोरीको स्कुटर बरामद भएको छ। चोर पनि पक्राउ परेका छन्। अभियुक्तको नाम अर्पण दर्जी हो। ट्राफिक पुलिसले नाका जाँजकाे क्रममा एउटा स्कुटी रोकेर चालक अर्पण दर्जीसँग आवश्यक कागजात र लाइसेन्स मागे। उनले यो स्कुटी आफ्नो साथीको भनी बताए। त्यसपछि ट्राफिक पुलिस अधिकृत हरिपाद रायले स्कुटरको नम्बर जाँच गर्दा यो स्कुटर एक महिनाअघि कालिम्पोङबाट चोरी भएको थाहा लागे। आजै खाेजमा उक्त स्कुटर कलिम्पोङका एक सिभिक भोलन्टियरको हो भन्ने पनि पत्तो लाग्यो। लगत्तै ट्राफिक पुलिस अधिकृत हरिपद रायले भक्तिनगर पुलिस थानालाई खबर गरे। त्यसपछि पुलिसले चोरीको स्कुटरसहित अर्पण दर्जीलाई पक्राउ गरी कालिम्पोङ पुलिस थानामा खबर गरेको थियो। त्यसपछि आज दिउँसो भक्तिनगर थानाले चोरीको स्कुटर र चोरलाई कानुनी प्रक्रियाअन्तर्गत कलिम्पोङ्ग पुलिसलाई बुझाएको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement