क्राई एनजीओद्वारा घुम्ती चियाबारीको १०० जना नानीहरूलाई किताबहरू वितरण

IMG-20220807-WA0183.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदीदेखि केही पर घुम्ती चियाबारीमा क्राई एनजीओद्वारा १०० जना नानीहरूलाई किताबहरू वितरण गरिएको छ। क्राई एनजीओ र बदाम तिसको सहयोगमा नानीहरूलाई उक्त किताबहरू वितरण गरिएको छ। क्राई एनजीओ घुम्ती चियाबारीको संयोजक रञ्जित सुब्बाको अगुवाईमा घुम्ती चियाबारीस्थित आदर्श श्रमिक कल्याण भवनमा सम्पन्न कार्यक्रममा क्राई एनजीओको आयोजनामा घुम्ती चियाबारी क्षेत्रका १०० जना नानीहरूलाई किताबहरू वितरण गरिएको छ। उक्त कार्यक्रममा अतिथिको रुपमा आँगनबाड़ी कर्मी इन्दिरा प्रधान, सबिन दर्नाल, समाजसेवी सुर्यनारायण प्रधान, भूतपूर्व सैनिक श्याम कुमार खवास, हेमेन्द्र देवान र सरजुन गुरुङ उपस्थित रहेका थिए। यस क्राई एनजीओ रञ्जित सुब्बाले क्राई एनजीओ गत २०२० मा कोरोना महामारीको समय लक डाउनमा नानीहरूलाई अनलाइन शिक्षा प्रदान गर्नलाई शुरु गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement