बागडोग्रा: बागडोग्राको गोन्साइपुरमा तीनवटा सवारीसाधन एक आपसमा ठोक्किँदा क्षेत्रमा सनसनी मच्चिएको छ। आज दिउँसो परिवारले बिरामी महिलालाई सानो चारचक्के सवारीसाधनमा अस्पताल लैजाँदै गरेकाे बताइएको छ।त्यसपछि एक्कासि एउटा गाडी आयो र अगाडी रोकियो। त्यही क्रममा सानो चारचक्के गाडीले अचानक ब्रेक लगायो र पछाडिबाट आउँदै गरेको यात्रु बसले नियन्त्रण बाहिर गएर सानो कारलाई टक्कर दियाे। यद्यपी यस घटनामा कुनै हताहतीको खबर आएको छैन। घटनामा सानो चारचक्के गाडीको पछाडिको भाग पूर्णरुपमा क्षति भएको छ। खबर पाएलगत्तै बागडोगरा ट्राफिक गार्डका पुलिस घटनास्थलमा पुगे। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।










