कोचबिहार: कोचबिहार ट्राफिक पुलिस कोचबिहार शहरमा दुर्घटनाहरू कम गर्न प्रतिबद्ध छ। सोमबार कोचबिहार ट्राफिक पुलिसका डीएसपीको निगरानीमा माँ भवानी चौपाथीमा हेलमेट नलगाउने बाइक सवारहरूलाई रोकेर हेलमेट लगाउन सचेत गराइएको थियो। पत्रकारहरुसँग कुरा गर्दै डिएसपीले सहरका विभिन्न स्थानमा यो सचेतना सन्देश दिँदै सबैलाई हेल्मेट लगाउन आग्रह गर्दै आएको बताए।

आज माँ भवानी चौपाथीमा हेल्मेट नलगाउने मोटरसाइकल चालकलाई हेल्मेट नलगाएको खण्डमा जरिवाना गर्ने चेतावनी दिइएको छ।










