पाकिस्तान क्रिकेट बोर्डद्वारा आर्थिक पुरस्कारको घोषणा

IMG-20240506-WA0171.jpg

लाहौर: पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले आउँदो टी२० वर्ल्ड कपमा राष्ट्रिय टीमले खिताब जित्न सके टीमका प्रत्येक सदस्यलाई १ लाख अमेरिकी डलरको आर्थिक पुरस्कार दिने घोषणा गरेको छ। पीसीबी प्रमुख मोहसिन नकवीले आयरल्याण्ड र ईंग्ल्याण्ड विरुद्ध टी२० सीरीजको निम्ति टीमले यूरोप प्रस्थान गर्न लगभग २ घण्टा अघि यस्तो घोषणा गरे। नकवीले ट्रफी जित्नुको अघि पुरस्कार राशि अघि कुनै महत्त्व नरहेको बताउँदै खेलाड़ीहरूले टी२० वर्ल्ड कपमा देशलाई गौरवान्वित गर्ने आशा व्यक्त गरे। पीसीबी-ले सोशल मीडियामा पोस्टमा लेखेको छ, पीसीबी अध्यक्ष मोहसिन नकवीले टी२० वर्ल्ड कप जित्न सके प्रत्येक खेलाड़ीलाई १००,००० डलरको पुरस्कार राशि दिने घोषणा गरेका छन्।
टीमले यूरोप प्रस्थान गर्न अघि नकवीले खेलाड़ीहरूलाई कसैको पर्वाह नगरी केवल पाकिस्तानको निम्ति खेल्ने अनि एकजुट भएर प्रदर्शन गर्ने सल्लाह दिए। उनले भने, अल्लाहले चाहे हामी विजयी हुनेछौं। हामीले एकजुट भएर खेल्नु पर्नेछ। देशलाई यस टीमबाट धेरै आशा रहेको छ। खेलाड़ीहरूले त्यसलाई पूरा गर्नु पर्नेछ। यसको साथमा उनले पेस बलर शाहिन शाह अफरीदीले पूरा टुर्नामेण्टमा असल प्रदर्शन गर्ने आशा गरे। नकवीले विशेष उपलब्धिहरू हासिल गर्ने टीमका खेलाड़ीहरूलाई विशेष टीशर्ट पनि दिए। यसमा विकेटकीपर ब्याटर मोहम्मद रिजवानलाई ३००० टी२०आई रन पूरा गरेकोमा अनि पेस बलर नसीम शाहलाई १०० टी२० विकेट पूरा गरेकोमा विशेष टीशर्ट प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement