सुनसरीको सीमा नाका ७२ घण्टाका लागि बन्द

IMG-20240506-WA0007-1

झापा: सुनसरीका सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ। भारत बिहार राज्यको सुपौल जिल्लास्थित हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि नेपाल र भारतको सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको हो। नेपाली अधिकारीलाई यसअघि भएको बैठकमा भारतीय पक्षको आग्रहमा नेपाली सीमानाका बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारीगरी आइतबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि सीमानाका बन्द गरेको जनाएको छ। सुनसरी जिल्लासँग जोडिएका सीमानाका कोशी गाउँपालिकाको कोशी ब्यारेज, भण्टाबारी, लाही, कुम्याही, लौकही, श्रीपुर, हरिनगर गाउँपालिकाको घुस्की, वसन्तपुर, भोक्राहा नरसिंहको उल्टी, नरसिंह, देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज, साहेबगञ्जलगायत नाका बन्द गरिएको हो।

नेपाली सीमानाकासँग जोडिएको भारतमा ७ मई (वैशाख २५ गते)मा लोकसभा निर्वाचन हुने भएकाले बन्द अवधिमा सर्वसाधारण र सवारीसाधनको आवतजावत निषेध गरिएको प्रशासनले जनाएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यकाअनुसार आइतबार साँझ ६ बजे बन्द भएका ती नाकाहरू ७ मई (वैशाख २५) राति १२ बजेपछि मात्र खुल्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement