काठमाण्डौको होटलमा मोरङकी महिला मृत भेटिइन्

Death-Image-Rep-copy-4

झापा: मोरङको लेटाङ नगरपालिका- २ घर भइ हाल बाँसबारी बस्दै आएकी एक महिला गोंगबुको एक होटलमा मृत फेला परेकी छिन्। जिल्ला पुलिस परिसर काठमाडौंका अनुसार ३१ वर्षीया कल्पना भण्डारीको शव गोंगबुस्थित एक होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको  हो। शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो। तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए। पुलिसका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका – १५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन्। कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए। त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए। त्यसपछि पुगेको पुलिसले उनलाई अस्पताल लगेको थियो।

काठमाडौं पुलिसका एक अधिकृतका अनुसार, भण्डारीको परिवारलाई पनि तत्कालै खबर गरिएको थियो। परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ। भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ भने शरीरका अन्य भागमा पनि झगडा भएजस्तो देखिने चोट रहेको पुलिस स्रोत बताउँछ। घटनास्थलमा सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन। पुलिसले थप अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement