सिलगढी: अनलाइन सट्टेबाजी एप मार्फत जुवा खेलेको आरोपमा सिलगढी डिभिजनअन्तर्गत मतिगढाको भाङ्गापुल क्षेत्रबाट पाँच जनालाई पक्राउ गरिएको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा मतिगढा पुलिस चौकीले आइतबार राति करिब ८ बजे मतिगढाको भङ्गपुल नजिकैको क्षेत्रमा छापा मारेको हो। जुवा खेलिरहेको अवस्थामा पुलिसले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिलनपल्लीका ३६ वर्षीय सुब्रत साह, मैनागढी निवासी कङ्कन मजुमदार र निताई डे, प्रधाननगरका सन्तु दास र सिलगढीको डाँगीपाडाका दिलिप साह रहेका छन्। अभियुक्तको साथबाट पाँच वटा मोबाइल र एक हजार ६२० नगद बरामद भएको बताइएको छ।










