अलिपुरद्वार: जयगाउँ पुलिस स्टेशनले नशालु ट्याब्लेट र खोकीको सिरपसहित एक भुटानी नागरिकलाई पक्राउ गरेको छ। आरोपीलाई सोमबार अलीपुरद्वार अदालतमा पेश गरिएको थियो। सूचनाका आधारमा पुलिसले आइतबार राति जयगाउँ त्रिवेणी टोल क्षेत्रमा छापा मारेर लागुऔषध ट्याब्लेट र कफ सिरपसहित भुटानी नागरिक ३७ वर्षीय छिरिङ नोर्बुलाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार आरोपी भुटानी निवासी जयगाउँको त्रिवेणी टोल क्षेत्रमा भाडाको घरमा बस्दै आएका थिए, त्यसपछि पुलिसले त्यहाँ छापा मारेर १८७२ पट्टा नशालु चक्की र ४२ थान कफ सिरप बरामद गर्यो। जयगाउँ पुलिसले आरोपित व्यक्तिलाई सोमबार अलीपुरद्वार अदालतमा पेश गर्यो र मुद्दाको अनुसन्धान शुरु गरेको गर्यो।











