दार्जिलिङ: जोरबङ्लो सामुदायिक भवनमा भागोप्रमो दार्जिलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमनि थुलुङको अध्यक्षतामा एउटा सभाको आयोजना भयो। सभामा विशेष रूपमा गत जीटीए चुनावको परिणामबारे समीक्षा गरियो साथै घुम जोरबङ्लो समष्टिमा अब पार्टीलाई साङ्गठनिक रूपमा कसरी बलियो बनाएर सञ्चालन गर्ने विषयमा छलफल गरियो। सभामा दार्जिलिङ महकुमा समिति मूलसचिव केशवराज पोखरेल, केन्द्रीय युवाशक्ति मूलसचिव सदीप प्रधान, मजदुर युनियन केन्द्रीय मूलसचिव भरत ठकुरी, केन्द्रीय समिति सदस्य तिलक देवान, केन्द्रीय समिति सदस्य दिपक छेत्री साथै समष्टि युवाशक्ति अध्यक्ष जीवन खवास, समष्टि नारी शक्ति अध्यक्ष निता राई, वार्ड नम्बर ३ का पार्षद पेमा छोडेन तामाङ आदिले आ आफ्नो सुझावहरू राखेका थिए।

कार्यक्रमको दोस्रो चरणमा घुम जोरबङ्लो समष्टिको पूर्णाङ्ग समिति गठन गरियो। जसमा सर्व सम्मतिमा अध्यक्ष दोर्जी डुक्पा चयन गरियो अनि रिन्छेन लामालाई कार्यकारी अध्यक्ष मनोनित गरियो भने उपाध्यक्षहरू क्रमले गौतम तामाङ, सुमन शर्मा, लक्ष्मण सुब्बा, दिलकुमार लामा चयन गरियो। समष्टिका मूल सचिव समीर गुरूङ चयन भएका छन् भने सह सचिवहरू क्रमैले पेमा छोडेन तामाङ, तृष्णा ठकुरी, रबि तामाङ चयन गरियो। साङ्गठनिक सचिवहरू क्रमैले रमेश धमला, उर्गेन तामाङ, ललिता राई, सञ्जय तामाङ चयन भएका छन्। त्यसरी नै कोषाध्यक्षा शशि सुब्बा, प्रवक्ता ललिता सुब्बा अनि हेमराज राई चयन भएका छन्। त्यसरी नै मिडिया प्रभारीमा सोनु गुप्ता, उपेन छेत्री अनि विमर्श थापालाई चयन गरियो। समष्टि कमिटीमा प्रमुख सल्लाहकारको रूपमा भरत ठकुरी, दिपक छेत्री, सदीप प्रधान, दिवस सुब्बा अनि प्रकाश सुब्बा मनोनित गरियो भने कार्यकारी सदस्यहरूमा दिपक राई, अमृत योञ्जन, राजकुमार ठकुरी, डीबी शाह, किरण तामाङ, आते तामाङ, सुनील तामाङ, दिलीप प्रधान चयन गरिएका छन्।










