सीआईएससीईद्वारा १० र १२ कक्षाको परिणाम जारी

Student-2-3

नयाँ दिल्ली: काउन्सिल फर द् इण्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन (सीआईएससीई) काउन्सिलले आईसीएसई (कक्षा १०), आईएससी (कक्षा १२) को परिणाम आज घोषणा गरेको छ। बोर्ड परीक्षा २०२४ मा उपस्थित भएका सबै विद्यार्थीहरूले आधिकारिक वेबसाइट cisce.org र results. cisce.org मा गएर जाँच गर्न र डाउनलोड गर्न सक्छन्। बोर्डको कक्षा १० को परीक्षामा २ लाख ४३ हजार ६१७ विद्यार्थीले परीक्षा दिएका थिए। जसमध्ये २ लाख ४२ हजार ३२८ विद्यार्थी सफल भएका छन्। यस वर्ष कक्षा १० को उत्तीर्ण प्रतिशत ९९.४७ प्रतिशत रहेको छ। बोर्डको कक्षा १२ को परीक्षामा जम्मा ९९ हजार ९०१ विद्यार्थीले परीक्षा दिएका थिए। जसमध्ये ९८ हजार ८८ विद्यार्थी उत्तीर्ण भएका छन्। यस वर्ष कक्षा १२ को उत्तीर्ण प्रतिशत ९८.१९ प्रतिशत रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement