ईंग्लिश प्रीमियर लीगः चेल्सी र लिभरपूलको एकतर्फी जीत

IMG-20240506-WA0113.jpg

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा लिभरपूल र चेल्सीले आ-आफ्नो म्याच सजिलै जित्यो। आइतवार राति खेलिएको म्याचमा लिभरपूलले टोटनह्यामलाई ४-२-ले पराजित गऱ्यो। आफ्नो घरेलु मैदानमा ४४ प्रतिशत पोजेशनको साथ खेल्दै लिभरपूल एक समय त ४-०-ले अघि रहेको थियो तर टोटनह्यामले पछिबाट २ गोल गरी हारको अन्तर कम्ती गऱ्यो। विजेता टीमले म्याचको दुवै हाफमा २-२ गोल गऱ्यो। लिभरपूलबाट मोहामेद सलाहले १६औं, एण्ड्रू रोबर्टसनले ४५औं, कोडी गाक्पोले ५०औं र हार्वी एलिएटले ५९औं मिनटमा गोल गरे। टोटनह्यामबाट चाहिँ रिचार्लिसनले ७२औं र सोन ह्यूंग-मिनले ७७औं मिनटमा गोल गरे। यस जीतपछि लिभरपूल ३६ वटा म्याचमा ७८ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको तेस्रो स्थानमा कायम रह्यो। यसरी टोटनह्याम चाहिँ ३५ वटा म्याचमा ६० पोइण्ट्सको साथ पाँचौं स्थानमा कायम रह्यो। लीगमा लगातार चौथो हारको साथ टोटनह्यामको शीर्ष चारमा स्थान बनाउने सम्भावनालाई ठूलो धक्का लाग्यो कारण अहिले चौथो स्थानमा रहने एस्टन भिल्लासँग ७ पोइण्ट्स अधिक रहेको छ।

चेल्सीलाई पनि वेष्ट ह्याम विरुद्ध ५-०-ले जीत हासिल गर्न अधिक समस्या भएन। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ७० प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट मध्यान्तरअघि कोल पाल्मरले १५औं, कोनोर गाल्लाघेरले ३०औं र नोनी मादुएकेले ३६औं मिनटमा गोल गरे। त्यसपछि निकोलस ज्याक्सनले ४८औं र ८०औं मिनटमा लगातार २ गोलको साथ होम टीमलाई सजिलै विजयी बनाए। यस जीतपछि चेल्सी गोल अन्तरको आधारमा ३५ वटा म्याचमा ५४ पोइण्ट्सको साथ सातौं स्थानमा पुग्यो। यसरी नवौं स्थानमा रहने वेष्ट ह्यामसँग ४९ पोइण्ट्स रहेको छ। अन्य एउटा म्याचमा ब्राइटनले एस्टन भिल्लालाई १-०-ले पराजित गऱ्यो। जोआओ पेड्रोले ८७औं मिनटमा दर्ता गरेको गोलले होम टीमलाई जीत दिलायो। म्याच हारे पनि एस्टन भिल्ला ६७ पोइण्ट्सको साथ चौथो स्थानमा कायम रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement