दुबई: यस साल ३-देखि २० अक्टोबरसम्म बंग्लादेशमा हुने आईसीसी महिला टी२० वर्ल्ड कपको कार्यक्रम जारी गरिएको छ। भारतलाई गत च्याम्पियन अष्ट्रेलिया, न्यूजील्याण्ड, पाकिस्तान र क्वालीफायर टीमसँग ग्रुप ए-मा स्थान प्राप्त भयो। यसरी ग्रुप बी-मा दक्षिण अफ्रिका, ईंग्ल्याण्ड, वेष्ट इण्डिज र आयोजक बंग्लादेशको साथमा एउटा क्वालीफायर टीम रहनेछ। भारतको सबै म्याच सिलहटमा खेलिनेछ। आईसीसी-द्वारा घोषित नवौं महिला टी२० वर्ल्ड कपको कार्यक्रम अनुसार, भारतीय टीमले आफ्नो अभियानको शुरुवात ४ अक्टोबरमा न्यूजील्याण्ड विरुद्ध गर्नेछ जबकि ६ अक्टोबरमा चीरप्रतिद्वन्द्वी पाकिस्तान विरुद्ध म्याच रहेको छ। भारतले आफ्नो तेस्रो म्याच कालीफायर टीम विरुद्ध ९ अक्टोबरमा अनि अष्ट्रेलिया विरुद्ध अन्तिम ग्रुप म्याच १३ अक्टोबरमा खेल्नेछ। प्रत्येक ग्रुपको शीर्ष दुईमा रहने टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। पहिलो सेमिफाइनल १७ अक्टोबरको दिन सिलहटमा अनि दोस्रो सेमिफाइनल १८ अक्टोबरको दिन ढाकामा खेलिनेछ। फाइनल म्याच २० अक्टोबरमा ढाकामा खेलिनेछ। ढाका र सिलहटमा १९ दिनमा जम्मा २३ वटा म्याच खेलिनेछ। यसबाहेक वर्षाको सम्भावनालाई ध्यानमा राखेर सेमिफाइनल र फाइनलको निम्ति रिजर्भ डे पनि राखिएको छ।










