पहलवान बजरंगलाई अस्थायी रूपले निलम्बित गऱ्यो नाडा-ले

IMG-20240505-WA0247.jpg

नयाँ दिल्ली: भारतका अनुभवी पहलवान बजरंग पूनियालाई हालै राष्ट्रिय ट्रायलको अवधि डोप टेस्टको निम्ति आफ्नो नमूना दिन अस्वीकार गरेकोमा राष्ट्रिय डोपिंग रोधी एजेन्सी (नाडा) – ले अस्थायी रूपमा निलम्बित गऱ्यो। यसबीच भारतीय कुश्ती संघ (डब्ल्यूएफआई)-ले चाहिँ यस मामिलामा नाडा-ले उनीहरूलाई अँध्यारोमा राखेको आरोप लगाउँदै विश्व डोपिंग रोधी एजेन्सी (वाडा)-सँग यसबारे रिपोर्ट गर्ने धम्की दिएको छ। बजरंगलाई नाडाले २३ अप्रेलमा अस्थायी रूपले निलम्बित गरेको थियो। यसको साथमा उनलाई अनुशासनात्मक कार्वाहीबाट बाँच्न ७ मईसम्म आफ्नो जवाफ पठाउने निर्देश दिइएको थियो। एशियाई ओलम्पिक क्वालीफायरको निम्ति पुरुषहरूका राष्ट्रिय टीम चयन गर्न १० मार्चमा सोनीपतमा ट्रायल आयोजन गरिएको थियो अनि बजरंगले पराजित भएपछि मूत्रको नमूना नदिइ प्रतियोगिता स्थल छोड़ेका थिए।
यस मामिलामा बजरंगले नाडाका अधिकारीहरूलाई उनले नमूना दिन कहिले पनि अस्वीकार नगरेको बताएका छन् । उनले नाडामाथि एक्सपायर भइसकेको किट दिएको आरोप लगाउँदै सोशल मीडियामा लेखेका छन्, डोप टेस्टलाई लिएर जुन खबर आइरहेको छ, त्यसको निम्ति म स्पष्टीकरण दिन चाहन्छु। मैले नाडाका अधिकारीहरूलाई कहिले पनि नमूना दिन अस्वीकार गरेको थिइनँ। उनीहरूले मेरो नमूना लिन एक्सपायर किट ल्याएका थिए। यसैकारण मैले उनीहरूलाई त्यस मामिलामा कुनै कदम उठाइयो या कुनै कार्वाही गरियो भन्ने जवाफ दिने अनुरोध गरेको थिएँ। त्यसपछि उनीहरूले मेरो डोप टेस्ट गर्न सक्ने थिए। अब मेरो वकीलले पत्रको जवाफ समय अनुसार दिनेछन्। अब नाडा-लाई तय समयसम्म आफ्नो जवाफ दिन नसके बजरंग पेरिस ओलम्पिक क्वालीफिकेशनको दौड़बाट बाहिर हुनेछन्। यसबीच डब्ल्यूएफआई अध्यक्ष सञ्जय सिंहले नाडा-ले उनीहरूलाई बजरंगलाई निलम्बित गरिएको विषयमा सूचित नगरेकोमा क्षोभ व्यक्त गरेका छन्। सञ्जयले भने, नाडा-ले बजरंगलाई निलम्बित गर्दा हामीलाई सूचित गरेन अनि यो आश्चर्यजनक कुरा हो। मैले २५ अप्रेलमा नाडा महानिदेशक र अन्य अधिकारीहरूसँग बैठक गरेको थिएँ अनि त्यस बैठकमा पनि उनीहरूले यस मामिलालाई उठाएका थिएनन्। अब म नाडालाई पत्र लेख्ने अनि वाडालाई यसबारे सूचित गर्ने योजना बनाइरहेको छु। ओलम्पिकको निम्ति वर्ल्ड क्वालीफायर्सको आयोजन ९ मईदेखि तुर्कीमा हुनेछ। भारतीय पहलवानहरूसँग पेरिस खेलहरूका निम्ति कोटा हासिल गर्ने यो अन्तिम मौका हुनेछ। भारतको निम्ति अहिलेसम्म चारजना महिला पहलवानहरूले मात्र ओलम्पिक कोटा हासिल गरेकी छन्। पुरुष पहलवानहरूले कोटा हासिल गर्नु बाँकी नै रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement