कालचिनी: भाजपा युवा मोर्चा ९ नम्बर मण्डल कमिटीको पक्षबाट आइतबार हाँसीमारा क्षेत्रमा स्वाधीनताको ७५औँ वर्षगाँठको अवसरमा हर घर तिरंगाको सन्देश दिँदै बाइक ऱ्याली सम्पन्न गरिएको जानकारी भाजपा युवा मोर्चा ९ नम्बर मण्डल कमिटीको सभापति अमन गुप्ताले जनाएका छन्। न्यू हाँसीमारा संलग्न पेट्रोल पम्पबाट उक्त बाइक ऱ्याली शुरु गरिएको थियो भने ऱ्यालीमा कालचिनी विधायक विशाल लामाको पनि उपस्थिति रहेको थियो। उक्त बाइक ऱ्यालीले न्यू हाँसीमारा, पुरानो हाँसीमारा साताली हुँदै मधु चियाबारीमा पुगेर समापन गरियो।











